April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी । सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार साँझ सेती नदीमा शिखर नगरपालिका–४ बनौली बस्ने वर्ष १९ का नरेश महरा बेपत्ता भएका हुन ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।