डोटीमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खसेर ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको हो।
दिपायल सिलगढी नगरपालिका–१ तिखामा दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिपबाट खसेर सोही बोलेरो जीपका धनी बोहराको मृत्यु भएको छ।
प्रहरीका अनुसार आदर्श गाउँपालिका–२ कुचेडाका बासिन्दा बोहरा जीपको पछाडिको ढालामा बसेका बेला सडकमा खसेका हुन। दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि दिपायलको पिपल्ला स्थित शैलेश्वरी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबिच, प्रहरीका अनुसार जीप र चालक बिराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। चालक भट्ट आदर्श गाउँपालिका–३ नुवाकोटका २३ वर्षीय युवक हुन्।





प्रतिकृया दिनुहोस्