May 9, 2025, Friday
२६ बैशाख २०८२, शुक्रबार

डोटीको सायलमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ

डोटी । डोटीको सायलमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शंकास्पद मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ । महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी भिमलाल भट्टराईले मृतकका काका नाता पर्ने लाले नेपालीले प्रहरी चौकीमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताएका छन् ।