April 18, 2026, Saturday
२०८३ बैशाख ५

देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, ११ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यो वर्ष (सन् २०२४ जनवरीयता) ७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको जनाएको हो ।

अक्टोबरका २५ दिनमा (१ देखि २५ सम्म) मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् । डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ ।

काठमाडौंमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै अक्टोबरका २१ दिनमा एक हजार ९९८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।