April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

धनगढी । अवरिल वर्षासँगै पहिरो खस्दा सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध छन् । शुक्रबारदेखि निरन्तर परिरहेको अबिरल वर्षासँगै आएको बाढी पहिरोले भिमदत राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जोड्ने सडब अवरुद्ध भएको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भिमदत राजमार्ग लगायतका सडक अवरुद्ध हुँदा धनगढी, महेन्द्रनगरबाट गइरहेका यातायतका सवारीसाधन बिच बाटोमै रोकिएका छन् । पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय धनगढीका अनुसार भिमदत राजमार्गको ठाउँ–ठाउँमा पहिरो गएको छ । जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध दार्चुलाको शैलेशिखर नगरपालिका –६ पर्नेवासमा पहिरो गएको छ ।

खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको छ । बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ । पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका –९ बाजपानीमा पनि पहिरो गएको प्रहरीको भनाइ छ ।

यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ रुवाखोलामा पनि पहिरो गएको छ । रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको छ । डडेल्धुराको अनारखोलीमा रुख खसेको छ ।

रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ । डोटीका ग्रमिण क्षेत्रका सबै सडक अवरुद्ध भएका छन् ।

त्येस्तै बाजुरा अछामका सबै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।