October 30, 2026, Friday
२०८३ कार्तिक १४

बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

बैतडी । बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका वडा नम्बर १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए।

बालकको जिल्ला अस्पताल बेतडीमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।