April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेशमा मुक्तकमैया हलिया र कमलरी पुनर्स्थापना कार्यविधि पारित

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको हो ।

प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा रहेका मुक्तकमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले कार्यविधि २०८० पारित भएपछि मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५/२०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण षोषणको कार्य अब अगाडि बढ्ने बताए ।

कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लाका ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लामा रहेका हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको छ ।