April 18, 2026, Saturday
२०८३ बैशाख ५

विश्व सामाजिक मञ्चको १६औ सम्मेलन बिहीबारदेखि, ५० हजार अभियन्ता सहभागी हुने

काठमाडौँ । वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्न ‘विश्व सामाजिक मञ्च अर्थात वर्ल्ड सोसियल फोरमको १६ औ संस्करण बिहीबारदेखि काठमाडौँमा आयोजना हुदैछ। ‘अर्को विश्व संभव छ’ भन्ने नारा सहितको  यो ५ दिने सम्मेलनमा विश्वका ९२ देशका ५० हजार अभियान्ताहरु सहभागी हुने आयोजकले बताएका छन्।

‘अर्को विश्व सम्भव छ’ भन्ने नारा बोकेको यस मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तकृत समुदायलाई समेटेको छ।

वर्तमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचार निर्माण गर्न विश्व सामाजिक मञ्च सुरु भएको हो। यो मञ्चमा नागरिक अभियानमा संलग्न विश्वका १२ सय भन्दा बढी सस्थाहरु आबद्ध रहेका छन्।

नेपालमा नागरिक समाजक्लाइमेट एण्ड डेभलपमेन्ट डायलग लगायत नेपालका ११ बटा संस्थाको अगुवाइमा हुन लागेको हो। फागुन ३ गते काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने यो सम्मेलनमा जलवायु न्याय, आर्थिक असमानता, श्रम आप्रवासन, विभिन्न किसिमका भेदभाव, लैङ्गिकता, अपाङ्गता, कृषि, शान्ति, लोकतन्त्र लगायतका विषयमा ४०२ वटा कार्यक्रम हुनेछन्। यी सबै कार्यक्रमहरू कार्यक्रमहरू भौतिक र भर्चुअल गरी दुवै तरिकाले सञ्चालन गरिनेछ। नागरिकबाट