February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

डोटी । डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बहुलाहा कुकुरले आइतबार दिपायल सिलगढी नगरपालिका वडाका स्थनीय दश जनालाई टोकेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बहुलाहा कुकुरले एकै दिन दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४, ५ र ६ का स्थानिय दश जनालाई टोकेको बताएका हुन ।

बहुलाहा कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, भेटेरिनरी अस्पताल र स्थानीयको संयुक्त प्रयासबाट नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीमा पठाइएको प्रहरीले बताएएको छ ।

बहुलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको सुई लगाई सामान्य अवस्थामा घर फर्किएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।