April 18, 2026, Saturday
२०८३ बैशाख ५

मोटरसाइकल दुर्घटना हुदाँ एक वडाध्यक्षको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुदाँ एक वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार गएराति भीमदत्त नगरपालिका(६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष खड्काको मृत्यु भएको हो।

घटनास्थल पुगेको प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडाध्यक्ष खड्कालाई मृत फेला पारेको डिएसपी डाँगीले जानकारी दिएका हुन।