दुर्गम गाउँमा ल्याब सेवा सुरु
- Eraibar
- २०८० मंसिर ११, सोमबार १९:४६
- 102 Shares

सायल । डोटीको उत्तरी दुर्गम क्षेत्र सायल गाउँपालिकाको तोलेनी स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण ‘ल्याब’ सेवा सुरु भएको छ । साइन नेपालको उपकरण सहयोगमा सायल गाउँपालिकाले आइतबारबाट सेवा सुरु गरेको हो ।
साइन नेपालले उपकरण, परीक्षण किटहरूलगायतका आवश्यक सामग्री उपलब्ध गराएको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए । ‘साइन नेपालबाट ल्याब स्थापनाका लागि चाहिने सामग्री र उपकरण उपलब्ध भएपछि गाउँपालिकाबाट आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्था गरेका छौं,’ अध्यक्ष जोशीले भने ।
यस्तै प्रसुती गृहका लागि चाहिने प्रसुती शैयालगायतका सामग्री पनि प्रदान गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
यसअघि गाउँपालिकाकै डौड स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सञ्चालन गर्दै आएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्