दुर्गम गाउँमा ल्याब सेवा सुरु
- Eraibar
- २०८० मंसिर ११, सोमबार १९:४६
- 103 Shares

सायल । डोटीको उत्तरी दुर्गम क्षेत्र सायल गाउँपालिकाको तोलेनी स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण ‘ल्याब’ सेवा सुरु भएको छ । साइन नेपालको उपकरण सहयोगमा सायल गाउँपालिकाले आइतबारबाट सेवा सुरु गरेको हो ।
साइन नेपालले उपकरण, परीक्षण किटहरूलगायतका आवश्यक सामग्री उपलब्ध गराएको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए । ‘साइन नेपालबाट ल्याब स्थापनाका लागि चाहिने सामग्री र उपकरण उपलब्ध भएपछि गाउँपालिकाबाट आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्था गरेका छौं,’ अध्यक्ष जोशीले भने ।
यस्तै प्रसुती गृहका लागि चाहिने प्रसुती शैयालगायतका सामग्री पनि प्रदान गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
यसअघि गाउँपालिकाकै डौड स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सञ्चालन गर्दै आएको छ ।
- शपथलगत्तै कांग्रेसको नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्दै, चार सदस्यको शपथ रोकिँदै
- सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
- इजरायलमा सत्तारुढ र विपक्षी दुवै गठबन्धनले पाएनन् बहुमत, सरकार गठनमा सकस
- सुदूरपश्चिमका सरकारी अस्पतालमा करार कर्मचारीको गुनासो : काम समान, सुविधा असमान
- धनगढीका विभिन्न खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन हुने
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्