दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
- Eraibar
- २०८० कार्तिक ३०, बिहीबार १५:४७
- 70 Shares

खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।
- महाधिवेशन मितिबारे कांग्रेस बैठकमा जुहारी कायमै
- एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री कार्की
- राष्ट्रपति पौडेल स्वदेश फिर्ता
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका दुई प्रस्ताव पेश गर्ने तयारी
- अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका
-
आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालको लगातार तेस्रो हार
२०८२ कार्तिक १५, शनिबार १९:२३ -
आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने
२०८२ कार्तिक १५, शनिबार १०:४४ -
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
२०८२ कार्तिक १५, शनिबार १०:१८ -
पाकिस्तानी क्रिकेटर बाबरले तोडे रोहितको रेकर्ड
२०८२ कार्तिक १५, शनिबार १०:३२ -
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड
२०८२ कार्तिक १५, शनिबार १५:१४



प्रतिकृया दिनुहोस्