स्वास्थ्य मन्त्री बस्नेतलाई राष्ट्रपतिले भने- भूकम्पका घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्नु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।
बुधबार शितल निवासमा राष्ट्रपति पौडेलले मन्त्री बस्नेतसँग कुराकानी गर्दै भूकम्पबाट घाइते भएकाहरूको शीघ्र उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका हुन्।
राष्ट्रपति पाैडेलले उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्प प्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए ।
सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहबारे पनि चासो राखेका थिए ।
जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न पनि उनले आग्रह गरे ।





प्रतिकृया दिनुहोस्