सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

काठमाडौं । आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम नेपाल सरकारले सञ्चालन गर्दै छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
कुन उमेरका बालबालिकालाई कति खुवाउने ?
काठमाडौं । सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ ।
बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कुन उमेरका बालबालिकालाई कति खुवाउने ?
– ६ महिनासम्मकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दुवै नखुवाउने ।
– ६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने ।
– एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने ।
– दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने ।
भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।
पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्