डोटीमा जीप दुर्घटना, ६ जना घाइते
- Eraibar
- २०८० कार्तिक ३, शुक्रबार १४:०६
- 60 Shares

डोटी । डोटीमा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार झिग्रानाबाट सिलगढी आउदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानिखालमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ६ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप १२ जना सवार रहेका थिए ।
घाइते हुनेमा सायल गाउँपालिका-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।
घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्ये गम्भीरे खातीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंहले जानकारी दिए ।
चालक भने फरार रहेको प्रहरीले बताएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्