अप्टिकल फाइबर काटिँदा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सञ्चारविहीन

बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सञ्चारविहीन भएका छन् । सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो ।
सुर्नयाका स्थानीय केशव भट्टका अनुसार सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको छ ।
वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताएका छन् ।अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएको प्रमुख प्याकुरेलले बताए ।
“अप्टिकल फाइबार मर्मतका लागि अत्तरियाबाट प्राविधिक टोली खटिएको छ । पानी परिरहेकाले केही ढिलाइ भएको छ । छिट्टै समस्या समाधान हुन्छ ।” उनले भने, ।





प्रतिकृया दिनुहोस्