April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले दिएको जानकारी अनुसार कैलाली घर भएका ३१ वर्षीय चालक सुलेन चौधरीको मृत्यु भएको हो।

बैतडीको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्र्याक्टर दुर्घटना हुँदा कैलाली घर भएका ३१ वर्षीय चालक सुलेन चौधरीको मृत्यु भएको सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले जानकारी दिएका हुन।

सोमबार साँझ दशरथचन्द नगरपालिका-२ बाट गिट्टी बोकेर वडा नम्बर-६ तर्फ जाँदै गरेको सुपप्र ०१००-२ त ६३८९ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो। प्रहरी निरीक्षक जोशीका अनुसार दुर्घटनाको कारण खुलेको छैन।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।