April 18, 2026, Saturday
२०८३ बैशाख ५

एक जना कोरोना संक्रमितको मृत्यु, १ सय ११ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सोही समयमा २५ सय १७ जनाको कोरोना परीक्षण गर्दा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् भने ६० जना संक्रमणमुक्त भएको छन् ।

त्यस्तै, पछिलो २४ घण्टामा १३ हजार ९८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ३८७ जना सक्रिय संक्रमितकोमध्ये १८ जना आइसोलेसनमा उपचाररत छन् । साथै छ जना आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचाररत छन् ।