April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्। जिल्लाको पञ्चेश्वरमा जिप दुर्घटना भएको हो।

देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ तिलकपुर भीटामा जिप दुर्घटना भएको हो। गणमेश्वरबाट देहीमाण्डौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जिप दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहित ३० जनाको उद्धार टोली घटनास्थलमा पुगेको छ।

ब्रेक फेल भएर जिप दुर्घटनामा परेको बताइएको छ। १२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ। अन्य ११ जना घाइते छन्।