April 18, 2026, Saturday
२०८३ बैशाख ५

एकैदिन देखियो १४२ जनामा कोरोना संक्रमण, जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध

काठमाडौँ । नेपालमा एकैदिन देखियो १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार एकैदिन एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हा।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको हो। यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो।

मन्त्रालयको तथ्यांक अनुसार गत दुईसातादेखि भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले नेपालमा संक्रमण बढिरहेको हो। हिजो बिहीबार पनि ४२ जना कोरोना संक्रमित भेटिएका थिए।

स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ।

साथै कोरोना संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।