पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई बोलाएरअन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार मूल्य समायोजन गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज उद्योग मन्त्रालयका सचिवलाई निर्देशन दिँदै प्रचण्डले भने, ‘आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्नुस्।’ उद्योग सचिवले निर्देशन दिएपछि नेपाल आयल निगमले त्यसबारे निर्णय हुने बताइएको छ।
पछिल्लो समय इन्धनको मूल्य समग्रमा घटेर आउँदा नेपाल आयल निगम पाक्षिक करिब ९९ करोड नाफामा रहने अनुमान छ । यद्यपि पहिलेको नोक्सानका कारण निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब छ । त्यही बक्यौता र ऋणका कारण निगमले मूल्य घट्दा पनि समायोजन गर्न चाहिरहेको छैन ।





प्रतिकृया दिनुहोस्