April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साँउदको मृत्यु भएको हो ।

आज बिहान ४स्३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। सडकबाट जिप करिव १५० मिटर तल खसेको छ।

प्रहरीका अनुसार जिपमा चालक बाहेक अरु कोही पनि थिएनन्। डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।