कुटपिटबाट मृत्यु भएका चेतनको शव ९ दिन पछि उठाइयो

बाजुरा । बाजुरामा कुटपिटबाट मृत्यु भएका चेतनदिप अयडीको शव ९ दिनपछि उठाइएको छ । मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका दिन नेपाली काँग्रेसका कार्यकर्ताद्वारा कुटपिट पछि हत्या गरिएका विद्यार्थी नेता अयडीको ९ दिनपछि दाह संस्कार गरिने भएको हो।
अनेरास्ववियु केन्द्रीय सदस्य चेतनको नेकपा (एमाले) बाजुराले मार्तडीको खुलामञ्चमा श्रद्धाञ्जलीसभा कार्यक्रमगरी दाहसंस्कार गरिने जनाएको छ । मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि नेपाली कांग्रेसका कार्यक्रताको कुटपिटबाट अयडीको मृत्यु भएको थियो ।
मृतक अयडीको शव यात्रा सदरमुकाम ममर्तडी परिक्रमा गराई त्रिबेणी नगरपालिका बुढीगंगाको नदीको त्रिबेणीमा दहासस्कार गरिएको एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् ।
श्रद्धाञ्जली सभामा बाजुराको सदरमुकाम मर्तडीमा सयौं कार्यकर्ता पुगेका छन् । मंसिर ४ गते अयडीलाई घरमै पुगेर निर्घात कुटपिट गरेको थियो । अयडिको उपचारका क्रममा अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको हो ।
नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाई प्रक्राउ गरी दोसीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखी बाजुरामा आन्दोलन गरिरहेको थियो ।





प्रतिकृया दिनुहोस्