October 29, 2026, Thursday
२०८३ कार्तिक १३

प्रधानमन्त्री देउवा १५ हजार ५१४ मत सहित अग्रस्थानमा

धनगढी । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धरामा आफ्नो अग्रता बढाइरहेका छन्। निर्वाचन कार्यालयका अनुसार ३१ हजार २८४ मत गणना हुँदा सम्म प्रधानमन्त्री देउवाले १५ हजार ५१४ मत सहित अग्रस्थानमा रहेका छन्।

प्रधानमन्त्री देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। ढकालको मत ८ हजार १७१ प्राप्त गरेका छन्। ढकाललाई कांग्रेस बीपीका उपाध्यक्ष कर्णबहादुर मल्ल ४ हजार ४७४ मत सहित पछ्याइरहेका छन्।