April 18, 2026, Saturday
२०८३ बैशाख ५

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिमका चुनावी सभालाई सम्बोधन गर्न आउँदै

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज दिपायल आउने भएका छन् । एमाले प्रदेश सचिव धर्मराज पाठकका अनुसार अध्यक्ष ओली आज चुनावी सभालाई सम्बोधन दिपायल आउन लागेका हुन ।

एक साताअघि सुदूरपश्चिमबाट चुनावी सभा सुरु गरेका एमाले अध्यक्ष ओली पुनः सुदूरपश्चिम चुनावी सभालाई सम्बोधन गर्दै छन् । अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव पाठकले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने बताइएको छ ।

बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेर २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने एमालेका प्रदेश सचिव पाठकले जानकारी दिए ।