कञ्चनपुरमा देखिन थाले डेंगु र मलेरियाका बिरामी

कञ्चनपुर : कञ्चनपुरमा डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार स्वास्थ्य संस्थाहरूमा केही दिनयता डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ। दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको हो। दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताएका छन्।
साउनयता ६ जनामा मलेरिया देखिएको छ। यतिबेला महाकाली प्रादेशिक अस्पतालसंँगै विभिन्न स्वास्थ्य चौकीमा भाइरल र रुघा खोकीका बिरामी बढेका छन्। उनीहरूमध्ये नै डेंगु र मलेरिया देखिएको औलो निरीक्षक भट्टले बताए।
महाकाली प्रादेशिक अस्पतालमा पनि मलेरिया र डेंगुका बिरामी देखिन थालेको उनले बताए । गत सातासम्म ९ जनामा डंगु देखिएको अस्पतालले जनाएको छ। कञ्चनपुरमा गतवर्ष १५ जनामा डेंगु देखिएको थियो।





प्रतिकृया दिनुहोस्