April 18, 2026, Saturday
२०८३ बैशाख ५

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज बिहान बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेलरमट्टीमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ भएको छ । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । सरकारले घटाएको मूल्य आजराति १२ बजेदेखि लागु हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।