फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १९९

काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।
आयल निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ
पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ । असार २ गते इन्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो ।





प्रतिकृया दिनुहोस्