धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्ने

धनगढी : धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्ने भएको छ । नेपाल प्रेस युनियन कैलालीको समन्वयमा अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको हो ।
सारथी अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशी र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालि बिच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकार एक घर परिवारका चार जनालाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुट दिने प्रेस युनियन कैलालीका अध्यक्ष देउवाले जानकारी दिए ।
सम्झौता अनुसार ओपिडी चेकजाँच निशुल्क गर्ने तथा ल्याव, बेड भर्ना, फार्मेसी, यूएसजी, इको, एक्सरे, आइसियू र इसिजीमा २० प्रतिशत छुट दिने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।






प्रतिकृया दिनुहोस्