बोगटान-फुड्सिल गाउँपालिकामा कार्यपालिका सदस्यले शपथ लिन पाएनन्

डोटी : डोटीको बोगटान-फुड्सिल गाउँपालिकामा अहिले सम्म कार्यपालिका सदस्यले पद तथा गोपनियताको शपथ लिन पाएका छैनन्। गाउँपालिकाको कार्यपालिका सदस्यहरुले निर्वाचन भएको १८ दिनसम्म पनि पद तथा गोपनियताको शपथ लिन नपाएका हुन।
७ ओटा वडा रहेको बोगटान-फुड्सिल गाउँपालिकाको कार्यपालिकामा १५ जना सदस्य रहेका छन्। गाउँकार्यपालिकाको जेठ १५ गते निर्वाचन भएको थियो। निर्वाचन पछि प्रतिनिधिले गाउँपालिका अध्यक्ष नभेटिए पछि शपथ लिन नसकेको वडाध्यक्षहरुले बताएका छन्। पटक-पटक अध्यक्षलाई सम्पर्क गर्दा पनि बेवास्ता गरिएको उनीहरुको आरोप रहेको छ ।
माओवादी केन्द्रबाट विजयी गाउँपालिका अध्यक्ष कमल गडसिलाले कार्यपालिका सदस्यहरुलाई शपथ खुवाएका छैनन्। गाउँपालिका अध्यक्ष गडसिलाको यो दोस्रो कार्यकाल हो ।
नेपाली काँग्रेस र एमालेबाट तीन/तीन जना गरी कार्यपालिकामा ६ सदस्य निर्वाचित गरिएका छन्। गाउँपालिकाका अध्यक्ष गड्सिलाले भने आफू कार्यक्रममा रहेकोले शपथ खुवाउन नपाएको बताएका छन् ।






प्रतिकृया दिनुहोस्