नेपालमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जना होम आइसोलेसनमा
- Eraibar
- २०७९ जेष्ठ २३, सोमबार १६:२५
- 21 Shares

काठमाडौं : नेपालमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जनागरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको छ । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् । हालसम्म ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालय जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्