नेपालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि, ११० जना सक्रिय संक्रमित

काठमाडौं : नेपनमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७९ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा ४ जनागरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आइबार नेपालमा कोरोना संक्रमितको कुल संख्या थपिएसँगै ११ लाख १९ हजार ४६०पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १३७ जना संक्रमणमुक्त भएका छन् ।





प्रतिकृया दिनुहोस्