April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य मन्त्रालयले पायो ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब हस्तान्तरण

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा प्रदेशका लागि ६ अर्ब ३६ करोड र र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तानान्तरण गरेको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।

सरकारले ‘एक चिकित्सक एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई सात अर्ब ५० करोड रुपैया बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री शर्माले स्वास्थ्य बिमा कायक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत स्वास्थ्य बिमा सञ्चालन हुने बताए । ४०  वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने भएको छ । 

सरकारले ४० वर्ष नाघेका नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्कृनिङ सेवा सञ्चालन गर्न लागेको हो ।

सरकारले मिर्गौला प्रत्यारोपण गरेका क्यान्सर, मेरुदण्ड पक्षघातको समस्या भएका रोगीहरूलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ । त्यसका लागि आउँदो आर्थिक वर्षमा एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।