April 18, 2026, Saturday
२०८३ बैशाख ५

देशभर आज २१ जनामा कोरोना संक्रमण पुष्टि, १२९ सक्रिय संक्रमित

काठमाडौं ; देशभर आज २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ०२५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १ हजार ६०३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२९ जना सक्रिय संक्रमित रहेका छन् ।