डडेलधुराको नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी

डडेल्धुराः नवर्दुा गाउँपालिकामा कांग्रेस विजयी भएको छ । २०७४ को स्थानीय तह निर्वाचमनमा नेकपा एमालेले जितेको यो पालिकामा यसपटक कांग्रेस जितेको हो ।
यसपटक गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी भएका छन् । अध्यक्षामा अवस्थी २ हजार ८७१ मतसहित विजयी हुँदा अघिल्लो पटक एमालेबाट निर्वाचित भएर यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका कबिन्द्र बिष्टले २ हजार ६०६ मत प्राप्त गरे ।
२०७४ को निर्वाचनमा अवस्थी विष्टसँग पराजित भएका थिए ।
उपाध्यक्षमा कांग्रेस उम्मेदवार बोगटीले ३ हजार २०८ मत प्राप्त गर्दै जीत हासिल गर्दा नेकपा एसकी चन्द्रदेवी रुपालीले २ हजार ३२६ मत प्राप्त गरिन ।



प्रतिकृया दिनुहोस्