April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेकपा सरकार असफल भएपछि बाध्यत्मक अवस्थामा नेतृत्व लिनुप¥यो : विष्ट

डोटी : नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यात्मक परिस्थितीमा सरकारको नेतृत्व लिनुपरेको बताएका छन् । उनले कांग्रेसले चाहना नहुँदा–नहुँदै लिनुपरेको बताएका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सरकारको नेतृत्व कांग्रेसको चाहना होइन् । बाध्यात्मक परिस्थितीमा नेतृत्व लिनुप¥यो ।’ २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई सुविधाजनक रूपमा सरकार चलाउन जनमत नै नदिएको उनले बताए ।

‘जनताले हामीलाई सरकार चलाउन जनमत नै दिएका थिएनन्,’ नेपाली कांग्रेस नेपाल–अमेरिका सम्पर्क समितिका सभापति समेत रहेका विष्टले भने,‘तर,ओलीले सरकार चलाउनै नसक्ने भएपछि एमाले र माओवादीका नेताहरू बुढानिलकण्ठ पुगेर दिनहुँ लम्पसार पर्न थालेपछि बाध्यात्मक परिस्थितीमा नेतृत्व लिनुपरेको हो ।’

उनले सत्तारूढ गठबन्धन बाध्यताको उपज रहेको बताउँदै निर्वाचनमा तालमेल भने सबैठाउँमा अनिवार्य नभएको बताए । ‘बाध्यात्मक परिस्थितीमा संविधान र लोकतन्त्रका लागि गठबन्धन भएको हो । तर, चुनावी तालमेल भने सबै ठाउँमा आवश्यक होइन्,’ उनले भने । सोही अनुसार नै डोटीमा कांग्रेस एक्लै चुनावमा जानलागेको पनि उनले बताए । उनले भने,‘यहाँ एक्लै कांग्रेस निर्वाचन जित्न सक्षम छ । त्यसैले यहाँ हामी एक्लै लड्न लागेका छौं ।’