April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रेस संगठन डोटीका सह-सचिव प्रेस युनियनमा प्रवेश

डोटी : प्रेस संगठन नेपाल डोटीका जिल्ला सह–सचिव नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले आयोजाना गरेको एक कार्यक्रमा जिल्ला सह–सचिव तिर्थ नेपाली युनियनमा प्रवेश गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायरको प्रमुख आथित्यतामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली प्रवेश गरेको बताएका हुन् ।

आफ्नो एफ. एम. डडेल्धुरामा न्युज चिफका रुपमा कार्यरत नेपाली लामो समय देखि रेडियो पत्रकारिता गरिरहेका थिए । उनी नेकपा माओवादी (केन्द्र) को शुभेच्छुक संगठन प्रेस संगठन त्यागेर नेपाली कांग्रेसको शुभेच्छुक संगठन प्रेस युनियनमा प्रवेश गरेका छन् ।

नेपालीलाई प्रदेश सभापति बलायर, कांग्रेस निवर्तमान केन्द्रीय सदस्य किरण गिरी, पार्टी सभापति नरेन्द्र सिंह लगायत प्रेश युनियनका अध्यक्ष प्रकाश बमले स्वागत गरेका थिए ।