बैतडीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
- Eraibar
- २०७८ चैत्र ६, आईतवार १०:००
- 87 Shares

बैतडी : बैतडीमा गए राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु छन् ।
बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१०, बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो ।
घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्