April 19, 2026, Sunday
२०८३ बैशाख ६

नेपाली कांग्रेसको अछाम सभापतिमा शाह विजयी

अछाम : नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्।दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार  भरत स्वारलाई पराजित गरेका हुन्।

कुल १ हजार ४ सय ९७ मतमा शाहले ७७९ मत पाए भने स्वारले ७११ मत ल्याए । ७ मत बदर भएका छन ।  दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।

शाह सभापति शेरबहादुर देउवा पक्षधर हुन्। यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो।  

पहिलो चरणको चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच सहमतिको प्रयास भएको थियो ।

सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो । पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।