नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गर्दा २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ६०२ र ४ हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनागरी २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९२ दशमलब ९ रहेको छ ।
हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्