April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा आज थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनागरी ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,०४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मोरङमा ३४८, कैलालीमा २५६ र कास्कीमा २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा १५७, चितनवमा १५३, सुनसरीमा १४०, रुपन्देहीमा १२३, बाँकेमा ९७, तनहुँमा ७३, काभ्रेपलाञ्चोकमा ७०, दाङमा ६६, कञ्चनपुरमा ५४ जना कोरोना संक्रमित थपिएका छन् भने बारामा ४९, सर्लाही र बागलुङमा ४८/४८ जना, नवलपरासी पुर्वमा ४७, धनुषामा ४५, नुवाकोटमा ४२, मकवानपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।

यस्तै सिरहामा ३९, पाल्पामा २८, बैतडीमा २६, बर्दिया र डडेल्धुरामा २५/२५ जना, गोरखामा २३, सुर्खेतमा २२ र पर्सामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ९८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६९ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ५४ हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ लाख ३१ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५१ जना आईसीयू र ४८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।