April 18, 2026, Saturday
२०८३ बैशाख ५

देशभर आइतबार ६ हजार ४६२ जना कोरोना सङ्क्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं : देशभर आइतबार थप ६ हजार ४६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ५९८ तथा एन्टिजेन विधिबाट ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा २७५, कैलालीमा १७०, झापा र रुपन्देहीमा १४९र१४९ जना, काभ्रेपलाञ्चोकमा १३१, कास्कीमा ९४, सुसनरीमा ९० र नुवाकोटमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेमा ४८, धनुषामा ४५, सप्तरीमा ३४, सिरहा र चितवनमा २५र२५ जना, सिन्धुलीमा २४, सर्लाहीमा २३, तनहुँमा २२ तथा सिन्धुपाल्चोक र स्याङ्जामा २०र२० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३०७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन् । जसमध्ये ७५ हजार ३७६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१५६ जना आईसीयू र ४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १०५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३०५ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ भने ८ लाख २१ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो दिनको तुलनामा सङ्क्रमण दरमा पनि केही कमी आएको देखिएको छ । शनिबारको तथ्याङ्कमा पीसीआर विधिबाट सङ्क्रमण दर ५६.८ प्रतिशत रहेकोमा आइतबार यो घटेर ४१.८ प्रतिशतमा पुगेको छ । एन्टिजेन विधिबाट पनि सङ्क्रमण दर ३५.७ प्रतिशतबाट २१.३ प्रतिशतमा पुगेको छ । समग्रमा सङ्क्रमण दर २१.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।