April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पिसीआरको शुल्क

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार बुधबार स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ। अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको निःशुल्क पीसीआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई रु ८०० भन्दाबढी लिन नपाउने निर्णय भएको छ।

यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो।

त्यसैगरी निजी अस्पताल तथा ल्यावले एक हजार ५०० भन्दाबढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ।

यसअघि निजीतर्फ पीसीआर परीक्षणको शुल्क रु दुई हजार रुपैयाँ थियो। रासस