सुदूरपश्चिम प्रदेशमा आज १८४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आज १ हजार ४ सय ८७ जनाको परीक्षण गरिएको मध्ये ७ जनाको पीसीआरमार्फत र १ सय ७७ जनाको एन्टिजेनमार्फत कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय अनुसार आज संक्रमण पुष्टि भएका जनामध्ये १ सय ७२ जना आजै भारतबाट आएका नागरिक हुन्। भने बाँकी प्रदेशका विभिन्न जिल्लाका छन् । आइतबार थपिएका समेत गरेर सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ५० हजार छ सय ४७ पुगेको छ ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जनाएकोहो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ६९७ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुुरुषको संक्रमणबाट मृत्यु भएको जनाएको छ । उनी कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका थिए ।





प्रतिकृया दिनुहोस्