नेपालमा आज ४९६१ जना कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
- Eraibar
- २०७८ माघ २, आईतवार १८:०५
- 66 Shares

काठमाडौं : नेपालमा आज थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर गरिएको १२ हजार ५७३ पीसीआर परीक्षणका क्रममा ४ हजार ५३४ जना र २ हजार ५६९ एन्टिजेन परीक्षणका क्रममा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६२० जनाले ज्यान गुमाएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्