सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । सुदूरपश्चिममा माघी पर्वको अवसरमा प्रदेश सरकारले एक दिन थप सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिएका हुन ।
सूचना अधिकारी लक्ष्मी जोशीका अनुसार माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व (नरहरी) र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।





प्रतिकृया दिनुहोस्