April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा आज थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४९८ पीसीआर परीक्षण गर्दा २ हजार ९२२ जनामा र ४ हजार ५८३ एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको हो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । आज २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमित छन् ।

कोरोना संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् । आज एकजनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ ।