April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा आज ३०६ जनामा कोरोना संक्रमण पुष्टि, २७४ जना संक्रमणमुक्त

काठमाडौं, कात्तिक २८ (ई-रैवार)

नेपालमा आज थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनागरी ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४८ जना कोरोनासंक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२२ जना आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।  योसँगै नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।