April 18, 2026, Saturday
२०८३ बैशाख ५

देशभर आज १३९ जनामा कोरोना संक्रमण पुष्टि, ३९६ जना संक्रमणमुक्त

काठमाडौं, कात्तिक २० (ई-रैवार)

नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ जनागरी १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म ७ लाख ९४ हजार ८३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । देशभर हाल सम्म कोरोना संक्रमणबाट ११ हजार ४३९ जनाको मृत्यु भएको छ ।