बझाङ कांग्रेसको सभापतिमा खडकबहादुर बोहरा विजयी
- Eraibar
- २०७८ आश्विन २३, शनिबार १३:१२
- 19 Shares

बझाङ, असोज २३ (ई-रैवार)
बझाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका छन्। शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई हराउँदै बोहरा सभापतिमा निर्वाचित भएका हुन्।
बोहरा सभापतिमा विजयी भएको निर्वाचन समिति सदस्य रमानन्द जोशीले बताएका हुन्। औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको उनले बताए।
जिल्ला सभापतिका पराजित उम्मेदवार भण्डारीको प्यानलबाट सचिवमा झलक कठायतबाहेक सबै उम्मेदवार हारेका छन्।
बझाङको नतिजासँगै कांग्रेसले हिमाली क्षेत्रका १३ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन्।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्